‘हेलमेट लगाउनुस्’ भन्दा पारस शाहद्वारा प्रहरीमाथि दुर्व्यवहार

पूर्व युवराज पारस शाहले प्रहरीलाई दुर्व्यवहार गरेका छन् । शुक्रवार साँझ महाराजगञ्जमा हेलमेट बिना मोटरसाइकल हाँकेका शाहलाई प्रहरीले रोकेर हेलमेट लगाउन आग्रह गरेको थियो । तर, शाहले गल्ती स्विकार्नुको साटो प्रहरीलाई दुर्व्यवहार गरे । महानगरीय प्रहरी वृत्त महाराजगञ्ज र ट्राफिक प्रहरीले हेलमेट बिना उनलाई अगाडी बढ्न नदिएपछि उनका सहयोगीले हेलमेट ल्याएका थिए ।

हेलमेट ल्याएपछि उनलाई सम्झाएर पठाइएको काठमाडौँका एसएसपी अशोक सिंहले बताए । ‘हेलमेट लगाउनुस् भन्दा धेरै बोलेपछि हामीले केही बेर होल्ड गरेका हौँ’ ट्राफिक प्रहरी महाशाखाका एक अधिकृतले रातोपाटीसँग भने–‘प्रहरीमाथि हातपात भएको अवस्था छैन तर, बोलीचाहिँ छुद्र थियो ।’

Comments (0)
Add Comment