त्रिवि शिक्षण अस्पतालमा पोष्ट कोभिड सम्बन्धी उपचार सेवा

काठमाडौं – महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालले पोष्ट कोभिड सम्बन्धी उपचार सुरु गरेको छ। कोरोना निको भइसकेका व्यक्तिहरुमा विभिन्न स्वास्थ्य समस्या देखिएको भन्दै अस्पतालले आइतबारदेखि पोष्ट कोभिड उपचार सम्बन्धी सेवा सुरु गरेको हो।

अस्पतालको पल्मोनोलोजी ओपिडीमा हरेक आइतबार दिउँसो २ बजे पोस्ट कोभिड उपचार सेवा सञ्चालन हुने सूचना अधिकारी रामबिक्रम अधिकारीले जानकारी दिए।

कोरोना निको भएका बिरामीहरुमा शरीर दुख्ने, छिटो थकाइ लाग्ने, निद्रा नलाग्ने, रक्तचाप बढ्ने, श्वासप्रश्वास बढ्ने, डिप्रेसनदेखि म्युकरमाइकोसिस लगायत स्वास्थ्य समस्या देखिएको अस्पतालले जनाएको छ।

Comments (0)
Add Comment