कस्मेटिक व्यवसायी संघको क्यालेण्डर विमोचन

पोखरा । कस्मेटिक व्यवसायी संघ कास्कीले नयाँ वर्ष २०८० को क्यालेण्डर विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।

सो क्यालेण्डर विमोचन गर्दै गण्डकी प्रदेश सभा सदस्य सरस्वती गुरुङले आर्थिक मन्दीको बेला व्यवसायीलाई धैर्यधारण गर्न अनुरोध गर्दै उत्पादन र ब्रान्डमा जोड दिन आग्रह गर्नु भयो | उहाँले महिला सशक्तीकरणका लागि महिलाको नेतृत्व र क्षमता अभिबृद्धिका लागि महिला आर्थिक रुपले बलियो हुनुपर्ने बताउनुभयो |

कार्यक्रममा पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष पवन कुमार प्रजापतिले देशको आर्थिक अवस्था र व्यवसाय सम्बन्धि चर्चा गर्दै समस्या समाधानका लागि उधोग बाणिज्य संघले पहल गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो |

संस्थाका अध्यक्ष दुर्गा बरालको सभापतित्वमा भएको कार्यक्रममा संचारिका समूह गण्डकी प्रदेशका अध्यक्ष कविता श्रेष्ठ,फेन्सी तथा रेडीमेड कपडा व्यवसायी संघ कास्कीका एकनारायण पनेरु,कस्मेटिक व्यवसायी संघका संस्थापक अध्यक्ष तथा सल्लाहकार बिष्णुप्रसाद बास्तोला,निबर्तमान अध्यक्ष तथा पोखरा उधोग बाणिज्य संघका सदस्य प्रेमप्रसाद सुबेदीलगायतले संस्थागत भनाई राख्नुभएको थियो ।

कार्यक्रममा संस्थाका प्रथम उपाध्यक्ष लक्ष्मीप्रसाद आचार्यले स्वागत मन्तब्य राख्नुभएको थियो भने कार्यक्रम संचालन महासचिव महेन्द्र पौडेलले गर्नु भएको थियो |

Comments (0)
Add Comment