Welcome to the complete news site

लद्दाखलाई लिएर भारत र चीनबीचको तनाव अन्त्यः अस्थायी क्याम्प भत्काइयो

0 15

काठमाडौँ । भारत र चीनका सेनाबीच पूर्वी लद्दाखको गोगरा क्षेत्रमा लामो समयदेखि जारी गतिरोध अन्त्य भएको छ। गत ३१ जुलाईमा दुई देशबीच पूर्व लद्दाखको चुसुल मोल्दो मिटिङ प्वाइन्टमा १२ औँ दौरको कोर कमान्डर स्तरको वार्तामा यस क्षेत्रबाट पछि हट्ने सहमति भएको थियो। भारतीय सेनाले यस घटनाक्रमबारे विज्ञप्ति जारी गर्दै त्यस क्षेत्रमा बनाइएको अस्थायी ढाँचा भत्काइएको बताएको छ। विज्ञप्तिमा भनिएको छ, ‘दुवै पक्षको बीच भारत–चीन सीमाको पश्चिमी क्षेत्रमा वास्तविक नियन्त्रण रेखामा पछि हट्ने मुद्दाको समाधानमा गहिरो विचार विमर्श भएको थियो। यसपछि दुवै पक्ष गोगरा क्षेत्रबाट पछि हट्न तयार भएका छन् । यस क्षेत्रमा गत वर्षको मे महिनादेखि दुई देशका सेना आमनेसामने थिए। यस सम्झौता अन्तरगत दुवै पक्षले चरणबद्ध र समन्वित ढङ्गले यस क्षेत्रमा अग्रिम तैनाथी बन्द गरेका छन् । पछि हट्ने प्रक्रियालाई ४ र ५ अगस्तमा पुरा गरिएको थियो । अहिले दुवै पक्षका सेना आ–आफ्नो स्थायी ठेगानामा फर्किएका छन्। योसँगै दुवै पक्षले उक्त क्षेत्रमा बनाएको सबै अस्थायी ढाँचा र अन्य सहयोगी भौतिक संरचना भत्काएका छन् । यहाँ तनावअघिको स्थितिमा फर्किएका छन्। विज्ञप्तिमा यस क्षेत्रको लाइन अफ एक्चुअल कन्ट्रोललाई कडारुपमा निरीक्षण र सम्मान गरिने बताइएको छ। कमान्डर लेभलमा भएको यो छलफल गत जुलाई १४ मा भारतीय विदेशमन्त्री एस जयशंकर र उनका चिनियाँ समकक्षी वाङ यीबीच शंघाई कोअपरेशन अर्गनाइजेसन सम्मेलनका दौरान भएको वार्तापछि सम्भव भएको हो । दुई विदेशमन्त्रीबीच त्यतिबेला एक घण्टा छलफल गरेका थिए। बीबीसी