Welcome to the complete news site

गण्डकीको बर्खे अधिवेशन आज अन्त्य हुँदै

0 16

पोखरा । गण्डकी प्रदेश सभाको बर्खे अधिवेशन आजदेखि अन्त्य हुनेभएको छ । अहिले चलिरहेको प्रदेश सभाको बैठकमा अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पठाको पत्र पढेर सभामुख नेत्रनाथ अधिकारीले बर्खे अविधेशन अन्त्य भएको घोषणा गर्ने छन् ।

यसअघि सोमबार बसेको गण्डकी प्रदेश मन्त्री परिषद बैठकले प्रदेश सभाको बर्खे अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको थियो। बैठकले नेपालको संविधानको धारा १६६ को उपधारा २ बमोजिम असोज ५ गते राति १२ बजेदेखि चालु अधिवेशन अन्त्य गर्नका लागि प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको थियो।

अहिले संसदामा प्राइभेट फर्म दर्ता सम्बन्धी र प्रदेश सभाका पदाधिकारीको सेवा सुविधासम्बन्धी विधेयकमाथि दफावार छलफल भइरहेको छ । यी दुई विधेयक आजै पारित हुनेछन् ।