आमा बंगाली र पिता थिए जर्मन, तरपनि किन मुस्लिम थर राख्छिन् दिया मिर्जा ?
बलिउडकी सुन्दर र प्रतिभाशाली नायिका दिया मिर्जालाई फिल्म ‘रहना हे तेरे दिल मे’ की नायिकाको रुपमा धेरैले चिन्दछन् । दियाले भलै कमै फिल्ममा काम गरेपनि ती सबैमा उनको कामको असाध्यै तारिफ भयो । नायिकालाई सधैं सुन्दरताको मामिलामा अब्बल मानिन्छ । उनलाई रुचाउनेका लागि उनी सुपरस्टार भन्दा कम छैनन् । अन्तिम पटक उनलाई सन् २०१८ मा रिलिज भएको फिल्म सञ्जुमा देखिएको थियो ।
आमा–बुवाको सम्बन्धविच्छेद भएको थियोः
दियाका पिता जर्मन थिए । उनको नाम फ्रेंक हेडरिच थियो । दिया ९ वर्षकी हुँदा उनका आमा–बुवाको सम्बन्धविच्छेद भएको थियो । त्यसपछि दियाकी आमाले पछि अजिज मिर्जाको नामका व्यक्तिसँग विवाह गरिन् । दिया अजिज मिर्जासँग निकै नजिक थिइन् ।