सुनको भाउ बढ्यो, चाँदीको घट्यो

नेपाली बजारमा सुनको भाउमा आज बुधबार पनि बढोत्तरी भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेको हो। योसँगै आज प्रतितोला फाइन गोल्ड ९२ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड ९१ हजार ७०० रुपैयाँ पुगेको छ। हिजो पनि सुनको भाउ तोलामा ३०० रुपैयाँ बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९१ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड ९१ हजार ३०० रुपैयाँमा किनबेच भएको थियो। आज चाँदीको भाउ भने १० रुपैयाँले ओरालो लागेर तोलाको १ हजार ३२० रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५ रुपैयाँ बढेर चाँदी १ हजार ३३० रुपैयाँमा कारोबार भएको थियो।

Comments (0)
Add Comment