सरकार दिन नसकेपछि सांसदले गर्ने फैसला:बरिष्ठ अधिवक्ता सविता भण्डारी

१३ असार, काठमाडौं । संसद विघटनविरुद्धका रिटमाथि आइतबारको बहस सुरु भएको छ ।

रिट निवेदकका तर्फबाट बहस गर्दै बरिष्ठ अधिवक्ता सविता भण्डारीले इतिहास रच्न बसेकाहरूले इतिहास भत्काएको बताएकी छन् ।

उनले प्रधानमन्त्रीमा कांग्रेस सभापति शेरबहादुर देउवाको दाबी पुग्ने तर्क गर्दै अदालतबाट स्वतन्त्र र सहि फैसला आउने अपेक्षा गरिएको बताइन् ।

संविधानको धारा ७६(५) को सरकार नबनी संसद विघटन नहुने तर्क गर्दै, ‘७६ (५) दलहरूले सरकार दिन नसकेपछि सांसदले सरकार बनाउने ठाउँ हो त्यही अनुसार फैसला होस् ।’

Comments (0)
Add Comment