थपिए २ हजार ९७९ संक्रमित, निको भए १३३३

कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा २९७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ११ हजार ८ सय ९८ परीक्षणबाट उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार मुलुकभरमा ७८३५ जनाको पिसिआर परीक्षणबाट २०७७ जनामा संक्रमण पुष्टि भएको छ भने ४०६३ जनाको एन्टिजेन परीक्षणबाट ९०२ जनामा पुष्टि भएको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १३३३ जना संक्रमणमुक्त भएका छन्।

यस्तै २८ जनाको ज्यान गएको मन्त्रालयले जानकारी दिएको छ।

Comments (0)
Add Comment