खुला विश्वविद्यालयले माग्यो उपकुलपति र कुल सचिव

नेपाल खुला विश्वविद्यालयको उपकुलपति र कुल सचिव पदमा नियुक्तिका लागि नाम सिफारिस समितिले दरखास्त आह्वान गरेको छ।

उपकुलपति हुन प्राध्यापन वा अनुसन्धानको क्षेत्रमा कम्तिमा २० वर्ष काम गरेको हुनुपर्ने भनिएको छ।

यस्तै कुल सचिव पदमा नियुक्तिका लागि प्राध्यापन, अनुसन्धान वा प्रशासनको क्षेत्रमा १५ वर्ष काम गरेका हुनुपर्नेछ।

योग्य र इच्छुक व्यक्तिले ७ दिनभित्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय वा शिक्षा मन्त्रीको सचिवालयमा इमेल गर्न सकिने सूचनामा उल्लेख छ।

Comments (0)
Add Comment