उच्च पहाडी र हिमाली भेगमा हिमपात, दुई प्रदेशमा वर्षा हुने

हाल नेपालको मध्य भाग आसपास अवस्थित न्यून चापिय क्षेत्रको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

देशभर आंशिक देखि सामान्य बदली रही सबै प्रदेशका थोरै-थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले कृषिजन्य कार्य गर्दा आवश्यक सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ। हाल देशभर आंशिकदेखि सामान्य बदली रही बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा हल्कारफाटफुट वर्षा भईरहेको महाशाखाको भनाइ छ ।

आइतवार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ। सबै प्रदेशका थोरै-थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राती देशभर आंशिकदेखि सामान्य बदली रहने छ। बागमती र प्रदेश नं १ का थोरै स्थानहरुमा तथा बाँकी प्रदेशहरुका एक वा दुई स्थानहरुमा मेघगर्जनरचट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

Comments (0)
Add Comment