काठमाडौं । नेपाली क्रिकेट टोलीका पुर्व कप्तान सन्दीप लामिछाने अर्को विश्व कीर्तिमान नजिक पुगेका छन् ।
केही साता अघि मात्र एकदिवसिय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा कम खेलमा १५० विकेट पूरा गरेका सन्दीप ट्वान्टी २० अन्तर्राष्ट्रियमा पनि उक्त कीर्तिमान आफ्नो नाममा बनाउँदै छन् ।
श्रीलंकाका लेगस्पिनर वानिन्दु हसरंगाले ९० खेलमा १५० विकेट पूराको कीर्तिमान बनाएका छन् ।
सन्दीप हसरंगाको उक्त कीर्तिमान तोड्न नजिक रहेका छन् । सन्दीपले अहिले ७५ खेलमा १३८ विकेट बनाएका छन् ।
अब १४ खेलमा १२ विकेट लिएमा ट्वान्टी २० तर्फ पनि सर्वाधिक कम खेलमा १५० विकेट पूरा गर्ने कीर्तिमान सन्दीपको नाममा रहनेछ ।