पोखरा । पोखरा महानगरपालिकाको प्रमुखमा गनेस पौडेलले उम्मेद्वारी दर्ता गराएका छन् ।
अटेरी अभियानका परिकल्पनाकारसमेत रहेका पौडेलले आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखरामा उम्मेद्वारी दर्ता गराएका हुन् ।
पौडेलको प्रस्तावकमा अप्सरा अधिकारी र समर्थकमा सरोज जिसी छन् ।