पोखरा। गण्डकी प्रदेशमा ६ सय ५४ संक्रमित थपिएका छन् । १ हजार २ सय ६८ नमुना परीक्षणमा ५१.५७ प्रतिशतमा कोरोना पोजेटिभ देखिएको हो । प्रदेशमा सबैभन्दा बढी कास्कीमा २ सय ५५ संक्रमित थप भएका छन् भने लमजुङमा मात्र ६ छन् । मनाङ र मुस्ताङमा शून्य संक्रमित हुँदा तनहुँमा १ सय २, बागलुङमा ९७, नवलपुरमा ६३ र स्याङ्जामा ५८ जनामा कोरोना पोजेटिभ देखिएको हो । यसैगरी, गोरखामा २९, पर्वतमा २२ र म्याग्दीमा १२ जना संक्रमित थप भए । बिहीबार थपिएका संक्रमितमध्ये पुरुष ३ सय ३० र महिला ३ सय २४ छन् । योसँगै प्रदेशमा सक्रिय संक्रमितको संख्या ६ हजार ४ सय ४७ पुगेको छ । प्रदेशमा बिहीबार ३ सय ३२ जना संक्रमणमुक्त भएसँगै कोरोना निको हुनेको संख्या ३३ हजार ९ सय ७ पुगेको छ ।
प्रदेशमा बिहीबार ७ जना कोरोना संक्रमितको मृत्यु भयो । मृत्यु हुने सबै कास्कीका हुन् । पोखरा १५ का ६० वर्षीय कोरोना संक्रमित पुरूषको मणिपाल शिक्षण अस्पतालमा मृत्यु भयो । पोखरा १६ का ८५ वर्षीय कोरोना संक्रमित पुरूष, वडा ३३ का ७६ वर्षीय पुरूष, वडा १० का ५३ वर्षीय पुरूषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भयो । यसैगरी, वडा २९ का ५२ वर्षीय पुरूषको गण्डकी मेडिकल कलेजमा, वडा १४ की ६४ वर्षीया महिलाको गण्डकी मेडिकल कलेजमा र वडा १३ की ७६ वर्षीया महिलाको गण्डकी मेडिकल कलेजमा उपचार क्रममा मृत्यु भएको छ । योसँगै प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार १ सय ६१ पुगेको छ ।
Prev Post