पोखरा । लायन्स क्लब अफ पोखरा आदर्श चौतारी, ग्रिन हिल र आदर्श समाज सामाजिक संस्थाको संयुक्त आयोजनामा शनिबार भएको रक्तदानमा ६२ युनिट रगत संकलन भएको छ । लायन्स क्लब ३६५ बि का रक्तदान कार्यक्रम प्रमुख महेश पौडेलले पहिलो रक्तदातालाई ब्लडब्याग हस्तान्तरण गरी कार्यक्रम शुभारम्भ गरेका थिए । पुरानो धारा रानीपौवामा भएको कार्यक्रममा उनले सामाजिक संस्था एक आपसमा मिली गरेको कामको प्रशंसा गर्दै अन्य संस्थाले पनि पवित्र कार्यलाई निरन्तरता दिने विश्वास व्यक्त गरे ।
आदर्श समाज सामाजिक संस्थाकी अध्यक्ष लक्ष्मी कोइरालाको अध्यक्षता भएको कार्यक्रममा पोखरा १२ का अध्यक्ष रामबहादुर कार्की, डिपार्टमेन्ट कोचिफ वासुदेव कोइराला, जोन चियर पर्सन भवानी बराललगायतले बोलेका थिए । रक्त सञ्चार केन्द्र प्रमुख एवं कार्यक्रम संयोजक अर्जुन ज्ञवाली रहेका थिए । ग्रिन हिलकी प्रथम उपाध्यक्ष हरिकला थापाले स्वागत र आदर्श चौतारीका अध्यक्ष वसन्तराज कोइरालाले धन्यवाद ज्ञापन गरेको कार्यक्रम सञ्चालन सचिव सूर्यप्रसाद पोखरेलले गरेका थिए ।