४८० जनाले जिते कोरोना
पोखरा । गण्डकी प्रदेशमा थप ४ सय ८० जना कोरोनामुक्त भएका छन् । पछिल्लो एक हप्तामा गण्डकीमा २ हजार १ सय ४७ निको भएसँगै प्रदेशमा कोरोना जित्नेको संख्या ५३ हजार १ सय ३४ पुगेको हो । प्रदेशमा आइतबार थप ३ सय ६६ जना संक्रमित थपिएका छन् । प्रदेशमा १ हजार १ सय ९० जनाको स्वाब परीक्षण गर्दा करिब ३० प्रतिशतमा कोरोना पोजेटिभ देखिएको हो । पछिल्लो एक हप्तामा ८ हजार ५ सय १८ जनामा परीक्षण गर्दा २ हजार ५ सय ६ जना संक्रमित भएका हुन् । आइतबार मनाङ, मुस्ताङ र पर्वतमा कोरोना संक्रमित शून्य रहेको छ । कास्कीमा १ सय ४९, बागलुङमा ८४, स्याङ्जामा ४६ र पर्वतमा ४२ जनामा कोरोना पोजेटिभ देखिएको हो । यसैगरी लमजुङमा २१, नवलपुरमा १४ सहित म्याग्दी र तनहुँमा ५/५ जना संक्रमित भएका हुन् । योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या ५७ हजार १ सय ६६ पुगेको छ । जसमा ३ हजार २१ सक्रिय संक्रमित रहेका छन् । देशभर १ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार विभिन्न जिल्लामा गरिएको ४ हजाार ८ सय ७६ पिसिआर परीक्षणमा १ हजार ४२ जनामा कोरोना पुष्टि भएको हो । यसैगरी, ३ हजार २ सय ५६ एन्टिजेन परीक्षणमा ५ सय ६१ जनामा कोरोना संक्रमण देखिएको छ । पिसिआर र एन्टिजेन परीक्षणबाट कुल १ हजार ६ सय ३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा पिसिआर परीक्षणमा कोरोना देखिनेको संख्या ६ लाख ४४ हजार ६ सय २२ पुगेको छ । यस्तै, २४ घण्टामा २ हजार ५ सय ५२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमण भइ निको हुनेको संख्या ६ लाख ९ हजार २ सय १८ पुगेको छ । प्रदेशमा थप २ जनाको कोरोना संक्रमणबाट मृत्यु भएका छन् । ज्यान गुमाउनेमा पर्वत र तनहुँका हुन् । पर्वतको बिहादी गाउँपालिका ३ का ८२ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा ज्यान गएको हो । उनलाई असार १४ मा कोरोना पुष्टि भएको थियो । तनहुँको शुक्लागण्डकी नगरपालिका ४ का ६० वर्षीय कोरोना संक्रमित पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमै उपचारको ज्यान गएको छ । उनलाई असार १८ गते कोरोना भएको थियो । योसँगै प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ सय ६१ पुगेको छ । देशभर गरी थप २७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार २ सय २५ पुगेको छ ।