Welcome to the complete news site

हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनसीपको उपाधि घिमिरेलाई

0 7

पोखरा । बक्सर खेलाडी अविरल घिमिरेले ‘हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनसीप २०२१’को उपाधि चुमेका छन् ।

जापानको नायोगा शहरमा सम्पन्न ४९ औँ सस्करणको सो प्रतिस्पर्धामा अन्तराष्ट्रिय बक्सर खेलाडी घिमिरेले ‘हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनसीप २०२१’को उपाधि चुमेका हुन् ।

जापानका व्यवसायिक किक बक्सर फुजीमुरालाई परास्त गर्दै उनले उपाधि हात पारेका हुन् ।

जापानको चर्चित सिमुरा डोजोले संयोजन गरेको प्रतियोगिताको विजयी हुने घिमिरे पहिलो नेपाली बक्सर हुन् ।