हाम्रो पात्रो निर्देशक बोर्ड अध्यक्षमा डा. रुद्र पाण्डे
काठमाडौं-मोबाइल एप हाम्रो पात्रोको निर्देशक बोर्ड अध्यक्षमा डा. रुद्र पाण्डे नियुक्त भएका छन् । डा. पाण्डे नेपाली सफ्टवेयर उद्योगका ज्ञाता र अमेरिकामा सफल उद्यमी रहेका हाम्रो पात्रोले जानकारी दिएको छ । हाम्रो पात्रोका संस्थापक शंकर उप्रेतीले डा. पाण्डेको नेतृत्व पाउँदा आफूहरू उत्साहित भएको बताएका छन् । डा. पाण्डेले पनि हाम्रो पात्रोलाई थप सफल र वृहत बनाउन लागिपर्ने उल्लेख गरेका छन् ।
हाम्रो पात्रो एप अहिलेसम्म १ करोडभन्दा धेरै पटक डाउनलोड भइसकेको छ । नेपाल र विदेशमा रहेका लाखौं नेपालीले यो मोबाइल एप प्रयोग गरिरहेका छन् । सन् २०२१ मा सामान्य क्यालेन्डरयुक्त मोबाइल एपबाट सेवा सुरु गरेको हाम्रो पात्रो यतिखेर नेपालकै ठूलो मोबाइल प्लेटफर्म बनिसकेको छ । अहिले यो मोबाइल एपमा पात्रोसहित समाचार, रेडियो प्रसारण र ज्योतिष लगायत सेवा उपलब्ध छन् ।