Welcome to the complete news site

हाई किन आउँछ?

0 200

हामी किन हाई काढ्छौं? निश्चय नै विज्ञानका क्षेत्रमा यो एउटा अलमल पार्ने प्रश्न हो। हाई काढ्ने विषयसँग सम्बन्धित जिज्ञासाबारे वैज्ञानिकहरु समेत वर्षौदेखि अन्यौलमा छन्। हाई काढ्नुको खास कारण पत्ता लागेको छैन। बरु धेरै परिकल्पना मात्र सार्वजनिक भएका छन्। सबैजनाले हाई काढ्छन्। कोखमै भएको शिशुदेखि बुढाबुढीेसम्म सबै मानिसले हाई काढ्छन्। मान्छेले मात्र होइन जनारवले पनि हाई काढ्छन्। हाई काढ्ने विषयसँग विभिन्न सिद्धान्त र बिचार जोडिएका छन्। केही विज्ञहरुका अनुसार अल्छि लाग्दा वा थकित हुँदा हामीलाई हाई आउँछ। हाम्रो रगतमा कार्बोनडाइअक्साईको मात्रा धेरै हुँदा र अक्सिजनको प्रवाह आवश्यक पर्दा हाई काढ्न मन लाग्छ । तर ,हाई काढ्दा अक्सिजनको मात्रा बढी पनि प्रबाह हुँदैन न त रगतमा कार्बनडाइअक्साईडको मात्रा नै घट्छ। कहिलेकाहिँ बिना कुनै कारण पनि आउँछ। अर्को एक सिद्धान्तअनुसार हाई काढ्नु थकाई वा दिक्क (अल्छी) सँग कुनै सरोकार छैन। बरु दिमागको तापक्रमलाई नियन्त्रण गर्ने शरिरको एउटा तरिका हो, ताकी हामीलाई थोरै भए पनि स्पष्ट र आनन्दसँग सोच्न सहयोग गर्छ। निन्द्राको अभाव र थकानले हाई गराए पनि हाई काढ्दा हामीलाई ‘व्युताउन’ सहयोग पुर्याउदैन बरु हाम्रो दिमागलाई उचित तापक्रम कायम गर्न सहयोग पुयाउछ। अर्को एक सिद्धान्त अनुसार हाई काढ्दा फोक्सोबाट खराब श्वास हट्छ। तर, हाई काढदा श्वास प्रश्वास प्रणालीमा भने खासै फाइदा पुर्याएको पाइदैन्। अर्को एक परिकल्पना अनुसार दिमागमा हाम्रो इमोसन, मुड, भोक र अन्य गतिबिधिलाई असर गर्ने न्युरोट्रान्समिटर (रसायन) का कारण हाई आउछ। तर एउटा कुरा के सत्य हो भने हाईका कारण कुनै पनि व्यक्तिको मुखमा भएका किटाणू अन्य व्यक्तिमा सर्छन्। अर्को सत्य यो पनि हो की मज्जाले जिउ तन्काएर हाई काढ्दाको आनन्द वेग्लै हुन्छ।