स्वास्थ्य मन्त्रालयसँग समन्वय गरी असार १७ गतेदेखि आन्तरिक हवाई उडान शुरु हुने
असार ७ गेतको मन्त्रिपरिषद् बैठकले ५० प्रतिशत क्षमतामा आन्तरिक उडान खुला गर्ने निर्णय गरेको थियो। कोरोना संक्रमण बढेसँगै जारी गरिएको निषेधाज्ञापछि बन्द आन्तरिक उडान करिब २ महिना पछि खुला हुन लागेको हो। मन्त्रिपरिषद्को बैठकले सामान्य अवस्थामा हुने उडानको आधारमा ५० प्रतिशत भन्दा बढी क्षमतामा नबढ्ने गरि आन्तरिक उडान सञ्चालनमा ल्याउने निर्णय गरेको थियो। प्राधिकरणका महानिर्देशक राजन पोखरेलले मन्त्रिपरिषद्ले गरेको निर्णयानुसार नै असार १७ गते (जुलाइ १ तारिख)देखि आन्तरिक उडान शुरु गर्ने निर्णय भएको जानकारी दिए।पोखरेलका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको समन्वयमा उडान गन्तव्य तय हुनेछ। यसका लागि मन्त्रालयसँग विवरण मागिएको उनले जानकारी दिए।आन्तरिक उडान वैशाख २० गतेबाट बन्द गरेको थियो। उडानको व्यवस्थापन गर्ने जिम्मा भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई दिइएको छ।