Welcome to the complete news site

स्मार्ट टाउनको शैक्षिक सामग्री वितरण कार्यक्रम

जन्मदिनमा सहयोगी हात बढाउदै लायन लक्ष्मी अधिकारी

0 51

सेवामा समर्प्रित लायन्स क्लब अफ पोखरा स्मार्ट टाउनले आज बुधबार ‘शैक्षिक सामग्री वितरण कार्यक्रम’गरेको छ |

क्लबकी प्रथम उपाध्यक्ष लायन लक्ष्मी अधिकारीको जन्म दिनको उपलक्ष्यमा उहाँकै संयोजकत्वमा पोखरा, वडा नं १० कामना टोल निबासी ९ बर्षिया जोनिश दाहाललाई शैक्षिक सामग्री वितरण गरेको संस्थाका अध्यक्ष पवित्रा शर्माले बताउनुभयो |

आर्थिक अभावका कारण उपचार गर्न नपाई रहेका जोनिस दाहाललाई सहयोग गर्दा पाउँदा आत्मा सन्तुष्टि मिलेको क्लबकी प्रथम उपाध्यक्ष लायन लक्ष्मी अधिकारीले बताउनुभयो |

उहाँले जन्मदिनको अवसरमा यस्तै सामाजिक कार्यमा लागिरहने प्रतिबद्धता पनि ब्यक्त गर्नु भयो |

अहिलेको विषम परिस्थितीलाई मध्यनजर गरि कार्यक्रमका प्रमुख अतिथि न्यु भोइस इनिसीएटिब चिफ दुर्गा ढकालले दाहाललाई अनलाइन कक्षामा सहभागी हुनका लागि एक थान मोवाइल सेट, एक थान झोला साथै आवश्यक पर्ने किताव कापी ,केहि रकम तथा खाने कुराहरु हस्तान्तरण गरी कार्यक्रम उत्घाटन गर्नु भएको थियो |

“जहाँ आवश्यकता, त्यहाँ लायन्स “भन्ने मुलमन्त्रलाई बास्तवमै क्लवले न्याय गरेको बताउंदै कार्यक्रमका बिशेष अतिथि G.L.T.district coordinator शिवराज आचार्य,G.M.T.district coordinator लायन बालकृष्ण शर्मा ,additional cabinet secretary विकास भुर्तेल ,लायन्स कल्ब अफ पोखरा ब्लु स्काईका अध्यक्ष लायन हरी बराल,लायन मदन गौलीले क्लबलाई बधाई दिनुभयो |

कार्यक्रममा द्रितिय उपाध्यक्ष सुजाता श्रेष्ठले धन्यवाद मन्तब्य राख्नुभयो भने कार्यक्रमको संचालन सचिब दिपा श्रेष्ठले गर्नुभएको थियो |