Welcome to the complete news site

स्पोटर्स अवार्डमा बागमती प्रदेशको खेलाडी समेत मनोनित

0 62

पोखरा १७ असार । असार १८ गते पोखरा रंगशालामा आयोजना गरिएको पोखरा स्पोटर्स अवार्ड महिला तर्फ छनोट समितिले गम्भिर लापरवाही गरेको पाइएको छ । गण्डकी प्रदेशका खेलाडीलाई अन्याय हुने गरी महिला खेलाडीको मनोनयन गरेको छ । गण्डकी प्रदेश स्तरीय अवार्ड भनिरहँदा लम्जुङ घरभई बागमती प्रदेशका लागि विभिन्न पञ्तियोगिता खेलेको खेलाडीलाई समेत मनोनयन गरेको पाइएको छ ।बागमती प्रदेशको तर्फबाट भाग लिएर उत्कृष्ठ प्रदर्शन गरेको बापत पार्वती गुरुङलाई खेलाडी छनोट समितिले मनोनयन गरेको छ । १३ औँ साग स्वर्ण विजेता पार्वती गुरुङलाई समेत मनोनयन गरेको छ । मनोनयोन मात्र नभइ गुरुङ उपाधीको दावेदार समेत हुन् । तेक्वान्दोकी गुरुङलाई यस भन्दा अघि गण्डकी प्रदेशले समेत सम्मान गरेको खुल्न आएको छ । क्षेत्रीय खेलकुद विकास समिति तथा जिल्ला खेलकुद विकास समिति लम्जुङको सिफारीसमा उनको नाम आएको थियो । नाम आएको आधारमा नै बागमाती प्रदेशबाट खेल खेलेकोलाई गण्डकीले सम्मान गरेको थियो । २०५२ साल असोज १ गते लम्जुङ जन्मेकी उनी वसाईँसराई गर्दै चितवनको रन्तनगर पुगेकी थिइन् । उनले २०६९ साल मसिंर २० गते चितवनबाट नागरिकता लिएकी छन् ।
बागमती प्रदेश खेलकुद परिषद्का सदस्य सचिव सूर्य भण्डारीले बागमती प्रदेशबाट सम्मानित भएको जानकारी दिए । उनले पहिले बसाई यकिन नभएको कारण केहि समय रोकेपनि पछि बसाइसराइको कागज, नगरिकताको आधारमा स्थायी देखिएको कारण सम्मान गरेको बताए । उनलाई यता गण्डकी प्रदेशले समेत सम्मान गरेको थियो । सोही आधारमा हेर्दा उनले हाल अवार्ड पाउने करिब करिब पक्का नै छ । यस्तै मनोनयनमै परेको एक खेलाडीले भने अन्य प्रदेशका लागि खेल्ने खेलाडीलाई सम्मान गर्दै गण्डकीको खेलाडी भने बाहिरीन बाध्य भएको बताए ।