स्तनपानबारे सचेतना
हेमजा । विश्व स्तनपान सप्ताह २०२१ उपलक्ष्यमा माछापुच्छ्रे गाउँपालिका ६, स्थित भिडावारी प्राथमिक स्वास्थ्य केन्द्रले शुक्रवार स्तनपानसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रममा प्रशिक्षक डा. आतिश गुरुङ र सहप्रशिक्षक सिर्जना कुँवर थिए । उनीहरुले स्तनपानको वैज्ञानिक महत्व, फाइदा र स्तनपान गराउने तरिकाबारे धितालका आमाहरुलाई प्रशिक्षण दिए । आयुर्वेद चिकित्सक डा. अनिल थापाले आमाको दूधको आयुर्वेदिक महत्वमाथि प्रकाश पारे । त्यस अवसरमा दुग्धवद्र्धक आयुर्वेदिक औषधी शतावरी चूर्ण साथै माहानारायण तेलको वितरण गरियो। भिडावारी प्राथमिक स्वास्थ्य केन्द्रका निमित्त प्रमुख डा. आतिश गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा डा. आवाज उपाध्यायले स्वागत र हेअ सृष्टि ओझाले सञ्चालन गरेकी थिइन् ।