पोखरा , असोज १३ -१ दशकपछि सौन्दर्यकला व्यवसायी संघ कास्कीले सोनु सिग्देलको नेतृत्वमा नयाँ अध्यक्ष पाएको छ |आज संस्थाका सल्लाहकार, संस्थापक सदस्यहरु तथा कार्य समिति सदस्यहरुको समर्थनमा सिग्देललाई अध्यक्ष तथा उपाध्यक्षमा लक्ष्मी श्रेष्ठ रंजितलाई चयन गरिएको हो |
संस्थाका केन्द्रीय सदस्य तथा संस्थापक चन्द्र प्रधानले सिग्देल र श्रेष्ठलाइ बधाई दिदै १ दशक पछि संस्थाको नेतृत्व परिबर्तन हुदाँ खुशी ब्यक्त गर्नुभयो | उहाँले संस्थालाइ चलाएमान बनाउन नयाँ नेतृत्व आवश्यक रहेको बताउदै नव अध्यक्ष तथा उपाध्यक्षलाइ सफल कार्यकालको शुभकामना समेत दिनुभयो |
त्यसै गरी संस्थाका केन्द्रीय सदस्य तथा पूर्व अध्यक्ष लतिका बजिमयले प्रत्येक संस्थालाइ गतिशिल बनाउन समय संगै नेतृत्व पनि परिबर्तन हुनुपर्नेमा जोड दिनुभयो |
संस्थाका संस्थापक लक्ष्मी गुरुङ, मंजु श्रेष्ठ ,सचिव दीपा कार्की, कार्यसमिति सदस्य शिला घिमिरेले नयाँ नेतृत्वलाइ खादा, टिका र माला लगाई बधाई तथा शुभकामना ब्यक्त गर्नुभयो |
संस्थाका निबर्तमान अध्यक्ष केन्द्रीय उपाध्यक्षको रुपमा केन्द्रीय समितिमा रहेको र कास्की जिल्लामा अध्यक्षको पद रिक्त रहेकोले बिधान तथा संस्थाका सल्लाहकार, संस्थापक सदस्यहरु तथा कार्य समिति सदस्यहरुको समर्थनमा सिग्देललाई अध्यक्ष तथा उपाध्यक्षमा लक्ष्मी श्रेष्ठ रंजितलाई चयन गरिएको हो |
Prev Post