Welcome to the complete news site

सेनेटरी प्याडमा लगाएकाे कर तुरुन्त फिर्ता लिन बिद्यार्थीकाे अाग्रह

0 12

पाेखरा,२०,असाेज ।
सरकारले सेनेटरी प्याडमा लगाएको कर तुरुन्त फिर्ता लिन विद्यार्थीले अाग्रह गर्दे फिर्ता नगरे कडा अान्दाेनमा उत्रने चेतावनी दिएका छन् ।
अनेरास्ववियु कास्कीले पाेखरामा बुधबार सञ्चालन गरेकाे राताे कर खारेज गर अभियानमा सहभागी हुने विद्यार्थीले उक्त चेतावनी दिएका हुन् । पाेखराकाे जिल्ला प्रशासन कार्यलय अगाडी सहिदचाेकमा भेला भएर नारावाजी गर्दै उक्त चेतावनी दिएका हुन् ।

कार्यक्रमकाे उद्घाटन गर्दै प्रमुख अतिथी प्रेस चाैतारी नेपाल गण्डकी प्रदेशका अध्यक्ष तथा सामाजिक अभियन्ता सुष्मा पाैडेलले सरकारले विद्यालयमा निशुल्क सेनेटरी प्याड व्यवस्थापन गर्नुकाे सट्टा कर लगाएर गलत गरेकाे भन्दै तुरुन्तै खारेज गर्न अनुरोध गरिन् ।

रजश्वला हुनु पाप नभइ प्राकितिक नियम भएको बताउदै यदी महिला रजस्वला नहुने हाे भने सृष्टि नै राेकिने हुदा रजश्वलालाइ नारीले गाैरबका रुपमा लिनुपर्ने बताइन । साथै सेनेटरी प्याडमा लगाइएको कर देख्दा सानाे भएपनि यसले ठुलाे रुप लिने भएकाले तुरुन्तै फिर्ता लिन सरकार सकक्ष माग गरिन् । विगतका बर्षदेखीनै निरन्तर विद्यालय तथा कलेजमा निशुल्क सेनेटरी प्याडमा व्यवस्थापन अभियान सञ्चालन गर्दै अाएकी पाैडेलकाे अगुवाइका कास्की जिल्लालाइ पहिलाे सेनेटरी प्याड युक्त एसएलसी सेन्टर समेत घाेषणा गरिएकाे थियाे ।

अनेरास्ववियु जिल्ला कमिटीका अध्यक्ष विजय पाैडेलकाे अध्यक्ष्ातामा सम्पन्न कार्यक्रममा सेनेटरी प्याड कर खारेज गर्न दभाव दिने खालकाे सचेतना मुलक सडकनाटक तथा कविता तथा गजल वाचन गरिएकाे थियाे । कार्यक्रमका अनेरास्ववियु केन्द्रीय सदस्य अञ्जली लम्साल जिल्ला सचिवालय सदस्य स्वस्तीका पाैडेल लगायतले बाेलेका थिए ।