पोखरा /
सितोरियो करातेको गण्डकी प्रदेशस्तरिय दिक्षान्त कार्यक्रम सुरु भएको छ।
उक्त दिक्षान्त कार्यक्रमको गण्डकी प्रदेश यूवा तथा खेलकुद मन्त्री राजिव गुरुङले एक कार्यक्रमका विच शुभारम्भ गरेका छन् । सो अवसरमा मन्त्री गुरुङले कराते खेललाई नजिकबाट माया गर्ने आइत सिंह गुरुङलाई मानार्थ व्ल्याक बेल्ट प्रदान गरी सम्मान गरे।
एक साता सम्म चल्ने दिक्षान्तमा गण्डकी प्रदेशका १० जिल्लाका १ सय १९ जनाको सहभागिता रहेको प्रशिक्षक सुरेन्द्र गुरुङले जानकारी दिए । सहभागीहरुलाई सितोरीयो करातेका प्रमुख प्रशिक्षक महेश कुमार श्रेष्ठले तालीम दिने उपाध्यक्ष विष्णुलाल श्रेष्ठले बताए।
प्रशिक्षणमा फर्ष्ट डान, सेकेण्ड र थर्ड डानको लागि सहभागिहरुलाई ग्रेडिङ गरिने सचिब मनिराज थापाले जानकारी दिए।