Welcome to the complete news site

सारा अली खान भन्छिन्, ‘पापा मलाई असाध्यै माया त गर्नुहुन्छ तर…’

0 33

बलिउडकी उदीयमान अभिनेत्री सारा अली खान हालै ‘अतरंगी रे’ मा बिहारी युवतीको भूमिकामा देखिएकी थिइन् । आजकाल उनी इन्दौरमा विक्की कौशलसँग ‘लुका चुप्पी’ फेम लक्ष्मण उत्तेकरको फिल्म सुट गरिरहेकी छिन् । त्यो फिल्म लुका चुप्पीको सिक्वेल भएको बताइँदै छ । हालै सारा अली खानले एक भारतीय सञ्चारमाध्यमसँगको कुराकानीमा आफ्ना पिता सैफ अली खानबारे पनि कुराकानी गरेकी छिन् ।

अतरंगी रे फिल्मले निकै नै प्रशंसा पाएपछि कस्तो महसुस भइरहेको छ भनेर सोधिएको प्रश्नमा उनले भनिन्, ‘यसबारे कस्तो प्रतिक्रिया दिने भनेर मलाई थाहा नै छैन । फिल्मपछि मेरा अन्तरवार्ता हुन्छन्, यसबारे मैले आनन्द जी (आनन्द एल राय) सँग पनि यसबारे के बोल्ने भनेर कुरा गरेकी थिएँ । म असाध्यै खुसी छु । हुन त म हाल सुट गरिरहेकी छु, मैले आफ्नो पूरा युनिटसँग ‘अतरंगी रे’ हेरेँ । फिल्म उहाँहरुलाई पनि निकै राम्रो लाग्यो ।’

परिवार र उद्योगबाट कस्ता प्रतिक्रिया पाइरहनुभएको छ भनेर सोधिएको अर्को प्रश्नमा उनले आफ्ना पिता सैफ अली खानको बानीबारे पनि जानकारी दिइन् ।