Welcome to the complete news site

सामाजिक सुरक्षा योजना कार्यान्वयन गर्न जिफन्ट गण्डकीको माग

0 76

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) गण्डकी प्रदेश संगठन कमिटीले योगदानमा आधारित सामाजिक सुरक्षायोजना अनिवार्य कार्यान्वयन गर्न माग गर्दै पोखरा उद्योग वाणिज्य संघ र लेखनाथ उद्योग वाणिज्य संघलाई मंगलबार ध्यानाकर्षणपत्र बुझाएको छ ।

जिफन्टको देशव्यापी कार्यक्रम अन्तर्गत दुबै संघलाई ध्यानाकर्षण पत्र गण्डकी प्रदेश कमिटीका अध्यक्ष क.रुद्रबहादुर खत्री ज्यले बुझाउनु भएको छ। जिफन्ट राष्ट्रिय कमिटीका उपाध्यक्ष तथा जिफन्ट गण्डकी प्रदेश, जिफन्ट गण्डकी प्रदेश ईन्चार्ज माननिय क.मिना गुरुङले सामाजिक सुरक्षा योजनालाई प्रभावकारी कार्यान्वयन गर्न सके नेपालको श्रमशक्तिलाई स्वदेशमै रोक्न सकिने बताउनु भयो। उहाले योजनाले सरोकारवाला सबैलाई दुरगामी रुपमा सकारात्मक प्रभाव पार्ने दाबी गर्नु भयो ।

नेपाल सरकार र रोजगारदाता योजना बनाउन अग्रसर भएको उल्लेख गर्दै अहिले कार्यान्वयन गर्नमा आनाकानी गरेको बताउनु भयो।पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइरालाले जिफन्टको माग समय सापेक्ष भएकोले कार्यान्वयन गर्न पहल गर्ने बताउनु भयो । रोजगारदाता र श्रमिक बिचको सुमधर सम्बन्धले उद्योग व्यवसायको प्रवद्र्धन हुने उल्लेख गर्दै उनले सामाजिक सुरक्षाकोषमा सरकारले समेत योगदान गर्नु पर्ने बताउनु भयो ।

जिफन्ट गण्डकीका अध्यक्ष क.रुद्रबहादुर खत्री ज्यले सरकार, रोजगारदाता र श्रमिकको त्रिपक्षीय सहमतिका आधारमा सामाजिक सुरक्षा कार्यान्वयन गर्नु पर्ने कुरा राख्नु भयो। कानुन स्वेच्छिक नभएको कारण रोजगारदाताले विनाशर्त सामाजिक सुरक्षा ऐन नियम कार्यान्वयन गर्नु पर्ने भन्नु भयो। उहाले जतिबढी सामाजिक सुरक्षा त्यति बढी श्रम लचकता हुने टिप्पणी गर्नु भयो ।

लेखनाथ उद्योग वाणिज्य संघमा भएको कार्यक्रममा अध्यक्ष वलराम ढकाल, प्रथम उपाध्यक्ष छत्रधर आत्रेय, कार्य समितिका सदस्य विक्रम कर्माचार्य लगायतले सामाजिक सुरक्षा ऐनको कार्यन्वयन गर्ने प्रतिवद्धता जनाउनु भयो साथै समन्वय केन्द्रले पहल गर्ने जानकारी दिनु भयो।साथै दमौली उधोग वाणिज्य संघ र नवलपुर उधोग वाणिज्य संघमा पनि पत्र बुझाईएको थियो।

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आबद्ध घटकहरूका केन्द्रिय र गण्डकी प्रदेश कमिटीका अगुवा कार्यकर्ताहरी पनि उपस्थिती रहेको थियो।