Welcome to the complete news site

सामजिक सुरक्षा कोषविरुद्ध वित्तीय क्षेत्रका कर्मचारी आन्दोलनमा उत्रिएपछि प्रधानमन्त्रीले देखाए चासो

0 40

काठमाडौं । सामाजिक सुरक्षा कोष र वित्तीय क्षेत्रका कर्मचारीबीचको मदभेदमा प्रधानमन्त्री केपी शर्मा ओलीले चासो देखाएका छन् ।कोषमा आवद्धताका लागि असन्तुष्टीका बुँदाहरु उल्लेख गर्दै वित्तीय क्षेत्रका कर्मचारीहरु गत मंगलबारदेखि आन्दोलनमा छन् भने सर्वोच्चमा कोष विरुद्ध रिट समेत दर्ता गराइसकेका छन् ।

यसरी आत्यावश्यक क्षेत्रका कर्मचारी कोष विरुद्ध आन्दोलन गर्ने मुद्दा दर्ता गरेपछि प्रधानमन्त्री केपी शर्मा ओली यसबारे बुझ्न आफ्ना प्रमुख राजनैतिक सल्लाहकार बिष्णु रिमाललाई अघि सारेका छन् ।

जसअनुसार रिमालले नेपाल बैकर्स संघलाई आइतबार प्रधानमन्त्री कार्यलयमा बोलाएको संघका एक अधिकारीले क्लिकमाण्डूलाई बताए ।

‘प्रधानमन्त्री कार्यालयबाट निम्ता आएपछि संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्मा र संघका अधिकारीहरु दिउँसो २ बजेदेखि ३ बजेबीच रिमालसँग छलपल गरी फर्किएका हुन्,’ संघका ती अधिकारीलेसँग भने, ‘रिमालज्यूले बैंकिङ क्षेत्रमा अहिले कर्मचारीहरु किन आन्दोलित भएका हुन् त्यसमा उनीहरुको माग के हो ? यसको बिस्तृत जानकारी माग्नु भएको थियो, भने आवश्यता अनुसार टेक ओभर गरिने बताउनु भएको छ ।’

संघको तर्फबाट प्रधानमन्त्री कार्यलयममा भएको बिस्तृत छलफल जानकारी सदस्य सबैमा आउन भने बाँकी रहेको ती अधिकारीको भनाइ छ ।

वित्तीय क्षेत्रको कर्मचारीले मंगलबारदेखि कालो ब्यानर देखाउँदै आन्दोन शुरु गरेपछि प्रधानमन्त्री कार्यालयले जिल्ला प्रशासन कार्यलयलाई अनुगमनका लागि बैंकमा पठाएको एक बैंकरले बताए ।

‘बुधबार र बिहीबार प्रहरीका टोली तपाईंहरुको सेवा शुरु भइरहेको कि आन्दोलन गरेर बस्नु भएको छ भन्दै आउनु भएको थियो,’ ती बैंकरले क्लिकमाण्डूसँग भने, ‘अनुमनमा आउने प्रहरी अधिकृतले जानकारी दिनु भए अनुसार उहाँहरु प्रधानमन्त्री कार्यालयमार्फत् सीडीओ कार्यलयमा आएको आदेश पालना गर्न हिँड्नु भएको रहेछ ।’