Welcome to the complete news site

सान्चो म्यानचेस्टर युनाइटेड आउने पक्का

एजेन्सी – इंग्लिस फुटबल टोलीका विंगर जेडन सान्चो अन्तत: म्यानचेस्टर युनाइटेडमा अनुबन्धित हुने भएका छन् । जर्मन क्लब बोरुसिया डर्टमुन्डले आफ्ना खेलाडी सान्चो युनाइटेड जान लागेको पक्का गरेको हो । युनाइटेडले पनि आफ्नो वेबसाइटमा दुई क्लबबीच सहमति भएको जनाएको छ ।

0 39

बिहीबार, असार १७, २०७८ डर्टमुन्डले स्टक मार्केटमा दिएको जानकारी अनुसार युनाइटेडले ७३ मिलियन पाउण्ड तिरेर सान्चोलाई भित्र्याउन लागेको हो । २१ वर्षीय विंगर अब युरो सकिएलगत्तै मेडिकल पास गरेपछि अधिकारिक रुपमा टोलीसँग आबद्ध हुनेछन् । युनाइटेडले गत सिजन नै सान्चोलाई किन्ने प्रस्ताव राखेपनि डर्टमुन्डले उक्त प्रस्ताव अस्विकार गरेको थियो ।

डर्टमुन्डले यस सिजन पनि सान्चोलाई राख्ने इच्छा देखाएको थियो । तर सान्चो आफैंले प्रिमियर लिगमा फर्कने इच्छा देखाएपछि क्लब बेच्न राजी भएको हो । सान्चो म्यानचेस्टर सिटीबाट जर्मन क्लब पुगेका थिए । उनले यसक्रममा १ सय ३७ खेल खेल्दै ५० गोल गरेका छन् ।

सान्चो अहिले जारी युरोपेली च्याम्पियनसिपमा इंग्ल्यान्डको टोलीमा रहेपनि अपेक्षित अवसर पाएका छैनन् । इंग्ल्यान्डले जर्मनीलाई हराउँदै क्वाटरफाइनलमा स्थान पक्का गर्दा सान्चोले कुनै खेलपनि सुरुवात गरेका छैनन् ।