Welcome to the complete news site

सरकारी वकिललाई न्यायाधीशको प्रश्न : राजनीतिक अस्थिरताको कारण अदालतको फैसला हो ?

0 57

प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दा सुनुवाइका क्रममा न्यायाधीश खतिवडाले सरकारी पक्षको बहस र लिखित जवाफमाथि ‘अस्थिरताको कारण अदालतको फैसला हो र ?’ भनेर प्रश्न गरेका छन् ।

सरकारी पक्षले लिखित जवाफमा र बहसका क्रममा राजनीतिक अस्थिरताको कारण अदालतका फैसला भएका टिप्पणी गरेपछि न्यायाधीश खतिवडाले बहसका आएका नायब महान्यायाधिवक्ता पद्म प्रसाद पाण्डेयलाई यस्तो जिज्ञासा राखेका हुन् ।

महान्यायाधिवक्ता पाण्डेयले पटक–पटक संसद् विघटन अदालतबाट उल्टिँदा अस्थिरता सिर्जना भएको जिकिर गरेका छन् । उनले पुस ५ को प्रतिनिधिसभा विघटन अदालतको आदेशमा पुनर्स्थापना भए पनि स्थिरता नदेखिएको बताए । न्यायाधीश ईश्वरप्रसाद खतिवडाले प्रधानमन्त्रीको लिखित जवाफमा पनि अदालतका कारण अस्थिरता आएको भन्ने आशय देखिएको भन्दै प्रश्न गरे ‘के अदालत मात्रै कारण हो ? कि अरु पनि कारण छन् ?’

न्यायाधीश खतिवडाको उक्त प्रश्नपछि पाण्डेयले राजनीतिक अस्थिरताको एकमात्र कारण अदालतका फैसला नभएको बताए । उनले राजनीतिक अस्थिरताका धेरै कारणमध्ये एक अदालतका फैसला भएको बताए । पाण्डेयले जनताले एउटै पार्टीलाई बहुमत नदिएमा पटक–पटक संसद् विघटन हुने पनि जिकिर गरे । ‘जनताले पनि बुझ्नुपर्‍यो नि एउटै पार्टी ठूलो नबनाइदिएपछि विघटन हुँदो रहेछ भनेर, विघटनको व्यवस्थाले एउटै पार्टीलाई ठूलो बनाइदिनुपर्‍यो ।’