Welcome to the complete news site

सन्दीप लामिछानेविरुद्धको मुद्दा न्यायाधीश कार्कीको इजलासमा

0 3

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दा न्यायाधीश शकुन्तला कार्कीको इजलासमा परेको छ ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश कार्कीको इजलासमा क्रम सङ्ख्या ३ मा पेसी तोकिएको छ ।

भदौ २१ गते अन्तिम सुनुवाइ हुने भनिए पनि सन्दीपविरुद्धको मुद्दा धेरै पछाडि रहेको छ ।

यसअघि भदौ १० गते नै उक्त मुद्दाको अन्तिम सुनुवाइ भनिए पनि हेर्न नभ्याइनेमा परेको थियो । भदौ १० गतेको पेशीमा न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा परेको उक्त मुद्दा हेर्न नभ्याउनेमा परेपछि भदौ २१ गतेका लागि पेसी तोकिएको थियो ।

भदौ १० गतेको पेसीमा हेर्न नभ्याउने भई २१ गतेका लागि पेसी तोकिएपछि लामिछाने भदौ ११ गते नै एसिया कप खेल्न पाकिस्तान गएका थिए ।