गण्डकी प्रदेशमा क्रियाशिल बिभिन्न अभियानकर्ताहरुका तथा संघ संस्थाहरुले सुरक्षित यात्राको अधिकारका लागि गण्डकी प्रदेश सरकार लाई सुझाव–पत्र पेश गरेका छन्।
प्रदेशमा क्रियाशिल बिभिन्न अभियानकर्ताहरुको टोलिले गण्डकी प्रदेशका भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्का लाई सुझव पत्र पेश गरेको हो।उक्त सुझाव पत्रमा सुरक्षित यात्राको अधिकारको लगाएतका बिषयहरु समेटिएका छन् ।
हरेक दिन सडक दुर्घटनाबाट करीव एक दर्जन मानिसको मृत्यु र सयौं मानिस घाईते तथा अंगभंग भई जिवन गुजार्नु परेकोले सडक सुरक्षाका उपायहरुको खोजि र तिनको कार्यान्वयनका लागि सुझाव दिईएको छ ।
यस्तै सुझाव पत्रमा नेशनल रोडसेफ्टी एक्सन प्लान समावेश गर्ने गरी प्रदेशस्तरीय रोडसेफ्टी एक्सन प्लान बनाउने तथा तथा सडक सुरक्षा अभियान्ता तथा विज्ञहरु, संचार क्षेत्र, उपभोक्ता हित संरक्षण, दुर्घटना पीडित, पेशागत र ब्यबसायी संगठन तथा सम्वन्धित सरोकारवालाहरु समेतलाई समेटेर प्रदेश सडक सुरक्षा काउन्सिल (परिषद्) गठन गर्ने सुझाव दिईएको छ।
त्यसैगरी बालबालिका, व्हीलचेयर र सेतो छडी प्रयोगकर्तालाई आरक्षण सहितको पूर्वाधार तथा साइकलयात्रु र पैदल यात्रुको लागि सुरक्षित आवागमनको ग्यारेन्टी गर्ने पूर्वाधार निर्माण सडकहरुको वर्गीकरण अनुसार अधिकतम गति सीमा (स्पीड लिमिट) सम्वन्धी ऐन, मोवाइल प्रयोगमा प्रतिवन्ध तथा मापसे रोकथामको स्पष्ट कानुनी व्यवस्था जस्ता बिषयहरु समेटीएका छन्।
सुझाव पत्र बुझ्दै गण्डकी प्रदेशका मन्त्री खड्काले संघ संस्थाहरुबाट आएका सुझावहरुलाई सकरात्मक रुपमा लिइएको बताए ।
ध्यान आकार्षण सहितको सुझाव पेस गर्नेहरुमा स्वास्थसकर्मि तथा पुर्व अध्यक्ष नेपाल अर्थेपेडिक एसोसीएसनसका डा. बुलन्द थापा, नेपाल अटोमोवाइल्स एसोसीएसन गण्डकी प्रदेशका बिनोद पोते, नासा फाउण्डेसन नेपालका भगवती सेढाई, एकेडेमीक नेटवर्क फर रोड सेफ्टि रिसर्चका गीरी राज दाहाल ,सञ्चारकर्मी भगीरथ योगी , सडक सुरक्षा अनुसन्धानकर्ता डा. पुष्पराज पन्त,स्वतन्त्रता अभियान नेपाल ऋतु भट्ट राई, नेसनल एलाएन्स् फर सेफ एण्ड सष्टेनेवल मोविलिटिका नीतु पण्डित,कमिनिटि डेभलोपमेन्ट फाउण्डेसनका रजनी के.सी रहेका छन् ।
यस्तै सम्पूर्ण अभियानकर्मीको तर्फबाट भुतपूर्व खेलाडि मञ्चका केशव पाठक, सञ्चारीका समूह गण्डकीका कविता श्रेष्ठ,रोड सेफ्टी विज्ञ पोखरा विश्व विधालयका बुद्घि राज जोशी, इन्टरनेशनल अटोमोबाइल फेडेरेसनका गोविन्द प्रसाद भट्टराई रहेका छन् ।