शीर्ष स्थानमा अग्रता फराकिलो पार्दै बायर्न
मेइन्जमाथि पुनरागमन जितसँगै शनिबार बायर्न म्युनिखले जर्मन बुन्डेसलिगाको शीर्ष स्थानको अग्रता ६ अंकमा पुर्याएको छ
२७औं मिनेटमा करिम ओनिसिवोको गोलमा मेइन्जले अग्रता लियो । ५३औं मिनेटमा किङस्ले कोमानले बार्यनलाई खेलमा फर्काएका थिए । ७४औं मिनेटमा जमल मुसिआलाले गरेको गोलमा बायर्नले मेइन्जलाई २-१ ले हराएको हो ।
बायर्न १५ खेलमा ३७ अंकसहित शीर्ष स्थानमा यथावत छ । जुन समान खेल खेल्दै दोस्रो स्थानमा बसेको बोरुसिया डर्टमन्ड भन्दा ६ अंक बढी हो ।
डर्टमन्ड भने बोचुमसँग १-१ को बराबरीमा रोकिएको हो ।
४०औं मिनेटमा सबास्टियन पोल्टरको पेनाल्टी गोलमा बोचुमले अग्रता लिएको थियो । खेल सकिन पाँच मिनेट बाँकी हुँदा ब्रान्टले गोल गर्दै डर्टमन्डको हारको संकट टारेका थिए ।