Welcome to the complete news site

‘शाहरुख खान भाजपामा समावेश भए”

0 9

काठमाडौं- महाराष्ट्रका नेता छगन भुजबलले क्रुज ड्रग्स केसमा भाजपामाथि निशाना साँधेका छन् । एनसीपी नेताले भाजपाको दोहोरो चरित्रमाथि निशाना साँध्दै बलिउड अभिनेता शाहरुख खान भाजपामा समावेश भए ड्रग्सलाई चिनी मानिने बताएका छन् । क्रुज ड्रग्स केसमा शाहरुखका छोरा आर्यन खान जेलमा कैद छन् ।​ भुजबलले भने, ‘गुजरात को मुन्द्रा पोर्टमा ३००० किलो हेरोइन बरामद भयो तर त्यसको कुनै अनुसन्धान गरिएन । एनसीबी शाहरुखको पिछा लागिरहेको छ तर यदि शाहरुख बीजेपीसँग सम्बन्धित भए ड्रग्सलाई पनि चिनी मानिनेछ ।’

नेशनलिस्ट कंग्रेस पार्टी (एनसीपी) लगातार क्रुज ड्रग्स प्रकरणमा बीजेपी र नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) माथि निशाना साँधिरहेको छ ।