वैज्ञानिकले बनाए गर्भ रोक्ने एन्टिबडीज, शुक्रकीटलाई रोक्ने क्षमता ९९ प्रतिशत अमेरिकी वैज्ञानिकहरुले यस्तो एन्टिबडी बनाएका छन् । जसले गर्भ निरोधक औषधिको काम गर्नेछ । यो गर्भ रोक्ने नन–हर्मोनल तरिका हो । यसको अर्थ भनेको एन्टिबडिजको सहयोगबाट गर्भ रोक्ने काम गर्छ । एन्डिबडिज तयार गर्ने अमेरिकाको नर्थ क्यारोलिना युनिभर्सिटीका वैज्ञानिकका अनुसार यो महिलाका लागि नयाँ किसिमको कन्ट्रासेप्टिक हो र यसले उनीहरुलाई गर्भनिरोधक औषधीबाट हुने साइड इफेक्टबाट पनि बचाउँछ
शोधकर्ताले यसको पहिलो प्रयोग भेडामा गरेका थिए । भेडा र महिलाको रिप्रडक्टरी प्रणाली मिल्दो जुल्दो भएकाले यसको पहिलो प्रयोग भेडामा गरिएको हो । भेडामा एन्टिबडिजका ३३३ माइक्रोग्रामको कडा डोज दिइएको थियो । दोस्रो परीक्षणमा शोधकर्ताले भेडालाई एन्टिबडिजको ३३.३ माइक्रोग्राम भएको कम डोज दिएका थिए । यो डोज दिइएपछि शुक्रकीट रोक्न ९७ देखि ९९ प्रतिशत सफलता मिलेको थियो ।कसरी रोक्छ यसले गर्भ ? सहज भाषामा भन्नुपर्दा पुरुषको शुक्रकीट महिलाको अण्डको मिलन भएपछि गर्भ बस्ने गर्छ । वैज्ञानिकले यस्तो शक्तिशाली एन्टिबडिज बनाएका छन् कि यसले यसले यौनक्रिडाका बेला शुक्रकीटलाई महिलाको अण्डसम्म पुग्नै दिँदैन । यसले शुक्रकीटलाई धेरै कमजोर बनाइदिन्छ । यो एन्टिबडीले जनावरमा शुक्रकीटलाई रोक्न ९९.९ प्रतिशतसम्म सफल वैज्ञानिकहरुको दावी छ । अन्य गर्भनिरोधक विधि भन्दा यसमा के फरक ?अहिले पाइने गर्भ निरोधक औषधिहरुले महिलामा विभिन्न साइट इफेक्ट देखिन सक्छन् । टाउको दुख्ने, महिनावारीमा गढबढ हुने, रक्तस्राब हुने, तौल बढ्ने जस्ता समस्या देखिन्छन् । यी कारणले पनि थुप्रै महिलाहरु गर्भ निरोधक औषधि प्रयोग गर्ने हिचकिचाइरहेका हुन्छन् । यसले अनिच्छित गर्भ बस्ने जोखिम धेरै हुन्छ । याे समस्याबाट बच्न नन–हर्माेनल गर्भ निरोधक साधनको आवश्यकता देखिएको थियो । यसकै विकल्पका रुपमा गभी निरोधक एन्टिबडी बनाएको वैज्ञानिकहरुको दावी छ ।