नेपाल सरकारले विभूषण समितिको सदस्यबाट कलाकार मदनदास श्रेष्ठलाई हटाउने निर्ण गरेको छ । उनको ठाउँमा संगीतकार शम्भुजीत बास्कोटालाई ल्याउने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको हो ।
सरकारका प्रवक्ता एवं सचार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै उक्त जानकारी दिएका हुन् । अन्य सदस्य भने यथावत राखिएको मन्त्री कार्कीले बताएका छन् ।
विभूषण समितिमा उपप्रधानमन्त्री वा मन्त्रिपरिषद्का वरिष्ठ मन्त्री अध्यक्ष, गृहमन्त्री सदस्य, राष्ट्रिय जीवनमा उल्लेखनीय व्यक्तिहरुमध्येबाट समावेशी सिद्धान्तको आधारमा मन्त्रिपरिषद्ले तोकेको महिलासहित ६ जना सदस्य रहने गरेका छन् ।