Welcome to the complete news site

विदेशी मुद्राको आजको विनिमय दर, कुन देशको कति ?

0 12

नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११८ रुपैयाँ ९९ पैसा र बिक्री दर ११९ रुपैयाँ ५९ पैसा कायम गरेको छ ।

युरोपियन युरो एकको खरिद दर १३४ रुपैयाँ ५१ पैसा र बिक्री दर १३५ रुपैयाँ १८ पैसा छ । युके पाउन्ड स्टलिङ एकको खरिद दर १६० रुपैयाँ ७६ पैसा र बिक्री दर १६१ रुपैयाँ ५७ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १२९ रुपैयाँ ६४ पैसा र बिक्री दर १३० रुपैयाँ २९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ ८२ पैसा र बिक्री दर ८६ रुपैयाँ २५ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९३ रुपैयाँ ३६ पैसा रहेको छ भने बिक्री दर ९३ रुपैयाँ ८३ पैसा छ ।

जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ २७ पैसा र बिक्री दर १० रुपैयाँ ३३ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ६७ पैसा र बिक्री दर १८ रुपैयाँ ७६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

साउदी अरबियन रियाल एकको खरिर दर ३१ रुपैयाँ ६९ पैसा र बिक्री दर ३१रुपैयाँ ८४ पैसा छ भने कतारी रियाल आज एकको खरिद दर ३२ रुपैयाँ ६८ पैसा र बिक्री दर ३२ रुपैयाँ ८५ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।