Welcome to the complete news site

लायन्स क्लव अफ पोखरा स्मार्ट टाउनको वृक्षारोपण कार्यक्रम

0 139

पोखरा -सेवामा समर्पित लायन्स क्लव अफ पोखरा स्मार्ट टाउनले पोखरा १७ ,बिरौटा स्थित राममन्दिर परिसरमा आज शनिबार बृक्षारोपण कार्यक्रम गरेको छ ।

वातावरण संरक्षण सँगै सामाजिक सेवालाई मध्यनजर गरेर बृक्षारोपण कार्यक्रमको आयोजना गरेको संस्थाका अध्यक्ष पवित्रा शर्माले जानकारी दिनुभयो |

उक्त कार्यक्रममा प्रमुख अतिथि district chief administrator चण्डी प्रसाद अर्यालले राम मन्दिर ब्यबस्थापन समितीका उपाध्यक्ष रुद्रनाथ बराल र सचिब पुंडरी प्रसाद बराललाई बिरुवा हस्तान्तरण गरेर कार्यक्रमको उत्घाटन गर्नु भयो ।

त्यसै गरी स्वस्थ जीवनका लागि स्वच्छ वातावरणको महत्व उजागर गर्दै वातावरण संरक्षणमा कल्बले खेलेको भूमिका सह्रानीय रहेको कार्यक्रमका प्रमुख अतिथि अर्यालले बताउनुभयो ।

रिजन चियर पर्सन ऋषिराम शर्मा ,डिस्लेट्रिक PRO कविता श्रेष्ठले बातावरण संरक्षणको महत्व बुझेर कार्यक्रम सञ्चालन गर्नु निकै सकारात्मक भएको जनाउँदै यसलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।

उक्त कार्यक्रममा नया सदस्य अनुषा खाडलाई प्रमुख अतिथि district chief administrator चण्डी प्रसाद अर्याल र संस्थापक अध्यक्ष कविता श्रेष्ठले governor पिन र खादा लगाई स्वागत गर्नु भएको थियो |

क्लवका अध्यक्ष लायन पवित्रा शर्माको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक लायन सोचना मल्लले स्वागत गर्दै सामाजिक गतिविधिमा क्लब लागिपर्ने धारणा राख्नुभयो |

कार्यक्रमको संचालन सचिब लायन दिपा श्रेष्ठले गर्नुभएको थियो भने धन्यवाद मन्तब्य उपाध्यक्ष लक्ष्मी अधिकारीले राख्नुभयो |दोस्रो उपाध्यक्ष
सुजाता श्रेष्ठले झण्डाको अभिबादन सहित स्वागत गर्नु भयो |