Welcome to the complete news site

लायन्स क्लव अफ पोखरा सप्तगण्डकीद्धारा शैक्षिक सामग्री तथा खाद्यन्न सहयोग

0 317

सेवामा समर्पित लायन्स क्लव अफ पोखरा सप्तगण्डकीद्धारा पोखरा १५ ढुंगेसाघु, टुटुंगा स्थित राष्ट्रिय परोपकार गुरुकुल संस्कृत बिद्यालयलाइ आज शनिबार शैक्षिक सामग्री तथा खाद्यन्न उपलव्ध गराएको छ ।

उक्त कार्यक्रममा प्रमुख अतिथि तथा रिजन चियरपर्सन लायन सपना रानाले गुरुकुल बिद्यालयका केन्द्रीय अध्यक्ष भास्कर कमल नयनगौतमलाई खाद्यन्न र शैक्षिक सामग्री हस्तान्तरण गरेर कार्यक्रमको उत्घाटन गर्नु भयो ।

क्लवका अध्यक्ष लायन सरु ध्वजुको अध्यक्षतामा भएको कार्यक्रममा जोन चियरपर्सन लायन टिकाराम सुबेदी,क्लबका कोषध्यक्ष लायन दिपा कार्कीलगायतले लायन्सको महत्व माथि प्रकाश पार्दै आवद्ध सदस्यहरुको सहयोगबाट समाजका हरेक गतिविधिमा सक्दो सहयोग गर्दै आएको धारणा राख्नुभयो ।कार्यक्रमको संचालन प्रथम उपाध्यक्ष उषा रानाले गर्नुभएको थियो |