Welcome to the complete news site

लायन्स क्लव अफ पोखरा सप्तगण्डकीद्धारा न्यानो कपडा वितरण कार्यक्रम

0 32

सेवामा समर्पित लायन्स क्लव अफ पोखरा सप्तगण्डकीद्धारा बिरौटा अवस्थित श्री पादिॅ माध्यमिक विद्यालयमा न्यानो कपडा बितरण कार्यक्रम गरेको छ ।

आर्थिक अवस्था कमजोर भएका छात्रछात्राहरुलाई सहयोगसँगै सामाजिक सेवालाई मध्यनजर गरेर उक्त कार्यक्रमको आयोजना गरेको संस्थाका संस्थापक अध्यक्ष अन्जु कर्माचार्यले जानकारी दिनुभयो |

उक्त कार्यक्रममा प्रमुख अतिथि क्लस्टर प्रमुख सिता के.सि सामाजिक सेवाको महत्व उजागर गर्दै कल्बले खेलेको भूमिका सह्रानीय रहेको बताउनुभयो ।

रिजन चियर पर्सन सपना राना ,जोन चियर पर्सन टीका राम सुवेदी,बिधालयका प्रधानाध्यापक बामदेव सुबेदी,प्राध्यापक शकुन्तला आचार्यले सामाजिक सेवाको महत्व बुझेर न्यानो कपडा वितरण कार्यक्रम सञ्चालन गर्नु निकै सकारात्मक भएको जनाउँदै यसलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।

क्लवका अध्यक्ष लायन सरु ध्वजुको अध्यक्षतामा भएको कार्यक्रममा प्रथम उपाध्यक्ष लायन उषा रानाले स्वागत गर्दै सामाजिक गतिविधिमा सक्दो सहयोग गर्ने धारणा राख्नुभयो |
त्यसै गरी क्लबका सदस्य पारु के.सिले जन्मदिनको अवसरमा बिधालयमा न्यानो कपडा बितरणको लागि आफ्नो ब्यक्तिगत तर्फबाट रु ५,००० (रु पाँच हजार ) नगद सहयोग स्वरुप प्रदान गर्नु भएको थियो |

कार्यक्रमको संचालन गोमा शर्माले गर्नुभएको थियो |