सेवामा समर्पित लायन्स क्लव अफ पोखरा सप्तगण्डकीद्धारा पोखरा ५ ,मालेपाटन स्थित बाराही स्कूलको खेलकुद मैदान स्थलमा आज बुधबार बृक्षारोपण कार्यक्रम गरेको छ ।
बाताबरण संरक्षण सँगै सामाजिक सेवालाई मध्यनजर गरेर बृक्षारोपण कार्यक्रमको आयोजना गरेको संस्थाका संस्थापक अध्यक्ष अन्जु कर्माचार्यले जानकारी दिनुभयो |
उक्त कार्यक्रममा संस्थाका अध्यक्ष सरु ध्वजुले प्रमुख अतिथि वडा ५ का अध्यक्ष धन बहादुर नेपाली र बाराही उच्च मा बिका ब्यबस्थापन समितीका अध्यक्ष बिष्णु प्रसाद बराललाई बिरुवा हस्तान्तरण गरेर कार्यक्रमको उत्घाटन गर्नु भयो ।
तयसै गरी स्वस्थ जीवनका लागि स्वच्छ बातावरणको महत्व उजागर गर्दै बातावरण संरक्षणमा कल्बले खेलेको भूमिका सह्रानीय रहेको एसीसटेन्ट चिफ एडभाइजर एंवम बृक्षारोपण कार्यक्रम प्रमुख वसन्त गिरिले बताउनुभयो ।
रिजन चियर पर्सन सपना राना ,जोन चियर पर्सन टीका राम सुवेदीले बातावरण संरक्षणको महत्व बुझेर कार्यक्रम सञ्चालन गर्नु निकै सकारात्मक भएको जनाउँदै यसलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।
क्लवका अध्यक्ष लायन सरु ध्वजुको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष लायन उषा रानाले स्वागत गर्दै सामाजिक गतिविधिमा सक्दो सहयोग गर्ने धारणा राख्नुभयो |
कार्यक्रमको संचालन कोषध्यक्ष लायन दिपा कार्कीले गर्नुभएको थियो |