लायन्स क्लब स्मार्ट टाउनको योग शिविर शुभारम्भ
लायन्स क्लब पोखरा स्मार्ट टाउनले मानसिक एवम् शारीरिक स्फूर्तिका लागि आयोजना गरेको ७ दिने योग शिविर आज आइतबार देखि सुरु गरेको छ ।कोरोना महामारीका कारण सिर्जित हुन सक्ने मानसिक तनावसँगै स्वास्थ्य अवस्थालाई मध्यनजर गरेर ७ दिने योग शिविरको आयोजना गरेको संस्थाका अध्यक्ष पवित्रा शर्माले जानकारी दिनुभयो |
तयसै गरी स्वस्थ जीवनका लागि योगको महत्व निकै रहे पनि व्यवहारिक अभ्यास हुन नसकेको जनाउँदै कोरोना महामारीको समयमा योग शिबिर आवश्यक रहेको क्लबका सस्थापक अध्यक्ष तथा शिबिर संयोजक कविता श्रेष्ठले बताउनुभयो ।
जोन चीयर पर्सन देबी तिमिल्सिनाले क्लबले योग साधनाको महत्व बुझेर शिविर सञ्चालन गर्नु निकै सकारात्मक भएको जनाउँदै दैनिक जीवनमा योगाभ्यास गर्नसके तन मन र मष्तिस्कलाई स्वस्थ राख्न सकिने बताउनुभयो ।
त्यसै गरी लायन्स लिडरशिप एकेडेमी चिफ सुचित्रा थापाले कोरोना कहरको समयमा पनि भर्चुअल माध्यमबाट क्षमता दक्षता अभिवृद्धिका विविध कार्यक्रम सँगै पछिल्लो पटक तनाव व्यवस्थापन र शारीरिक स्फूर्तिका लागि योग शिविरको आयोजना गरेकोमा सुभकामना ब्यक्त गर्नुभयो ।
नारायणस्थान योग केन्द्रका योग गुरु निलम शाहले कोरोनाको बिषम परिस्थितिमा मानसिक तनाव निम्त्याइरहेको जनाउँदै यसको व्यवस्थापन गर्न योग साधनाको आवश्यकता औल्याउनु भयो |
संस्थाका प्रथम उपाध्यक्ष लक्ष्मी अधिकारीले स्वागत गर्दै योग शिविर र यसको महत्वलाई उजागार गर्नु भयो भने द्रितिय उपाध्यक्ष सुजाता श्रेष्ठले हरेक दिन बिहान साढे पाँचबजेबाट ६ बजेसम्मको समयमा भर्चुअल माध्यमबाट योग गुरु निलम शाहले योग साधनाको अभ्यास गराउनुहुने जानकारी गराउनु भयो |