लायन्स क्लब स्मार्ट टाउनको योग शिविर सम्पन्न
पोखरा -सेवामा समर्पित लायन्स क्लब अफ पोखरा स्मार्ट टाउनले मानसिक एवम् शारीरिक स्फूर्तिका लागि आयोजना गरेको ७ दिने योग शिविर आज मंगलबार सम्पन्न भएको छ ।कोरोना महामारीका कारण सिर्जित हुन सक्ने मानसिक तनावसँगै स्वास्थ्य अवस्थालाई मध्यनजर गरेर ७ दिने योग शिविरको आयोजना गरेको संस्थाका अध्यक्ष पवित्रा शर्माले जानकारी दिनुभयो |
तयसै गरी स्वस्थ जीवनका लागि योगको महत्व निकै रहे पनि व्यवहारिक अभ्यास हुन नसकेको जनाउँदै कोरोना महामारीको समयमा योग शिबिर आवश्यक रहेको क्लबका सस्थापक अध्यक्ष तथा शिबिर संयोजक कविता श्रेष्ठले बताउनुभयो ।
७ दिने योग शिविर अत्यन्त प्रभावकारी रहेको बताउदै योगले नयाँ उर्जा थपेको र नयाँ दिशा प्रदान गरेको अनुभव लायन सरिता पौडेलले राख्नुभयो |
जोन चीयर पर्सन देबी तिमिल्सिनाले क्लबले योग साधनाको महत्व बुझेर शिविर सञ्चालन गर्नु निकै सकारात्मक भएको जनाउँदै दैनिक जीवनमा योगाभ्यास गर्नसके तन मन र मष्तिस्कलाई स्वस्थ राख्न सकिने बताउनुभयो ।
नारायणस्थान योग केन्द्रका योग गुरु निलम शाहले कोरोनाको बिषम परिस्थितिमा मानसिक तनाव निम्त्याइरहेको जनाउँदै यसको व्यवस्थापन गर्न योग साधनाको आवश्यकता औल्याउदै क्लबलाई आगामी दिनहरु पनि सहयोग गर्ने बताउनु भयो |
न्यु भोइस इनिसियटिभका चिफ लायन दुर्गा ढकालले भर्चुअल माध्यमबाट योग गुरु निलम शाहले सिकाउनु भएको योग साधनाको अभ्यास निरन्तर जारी राख्न आग्रह गर्नु भयो |
त्यसै गरी कार्यक्रमका प्रमुख अतिथि लायन्स लिडरशिप एकेडेमी चिफ सुचित्रा थापाले कोरोना कहरको समयमा पनि भर्चुअल माध्यमबाट क्षमता दक्षता अभिवृद्धिका विविध कार्यक्रम सँगै पछिल्लो पटक तनाव व्यवस्थापन र शारीरिक स्फूर्तिका लागि गरिएको योग शिविर सफलतापुर्बक सम्पन्न गर्नु भएकोमा बधाई ज्ञापन गर्नुभयो ।
संस्थाका प्रथम उपाध्यक्ष लक्ष्मी अधिकारीले स्वागत गर्दै योग शिविर र यसको महत्वलाई उजागार गर्नु भयो भने द्रितिय उपाध्यक्ष सुजाता श्रेष्ठले कार्यक्रम संचालन गर्नु भएको थियो |