Welcome to the complete news site

स्मार्ट टाउनको तीजको शुभकामना तथा सम्मान कार्यक्रम

0 125

लायन्स क्लब अफ् पोखरा स्मार्ट टाउनले नेपाली महिलाको महान पर्व हरितालिका तीजको अवसरमा तीजको शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रमको आयोजना आज शनिबार गरेको छ । सम्बन्ध विस्तारसंगै महिला शक्तिकरणको क्षेत्रमा अतुलनीय योगदान दिने व्यक्तित्वलाई सम्मान गर्ने उदेश्य सहित कार्यक्रमको आयोजना गरेको संस्थाका अध्यक्ष पवित्रा शर्माले जानकारी दिनुभयो |

जोन चीयर पर्सन तथा कार्यक्रमका प्रमुख अतिथि देबी तिमिल्सिनाले कार्यक्रमको उत्घाटन गर्दै तीजको शुभकामना आदान प्रदान संगै सम्मान कार्यक्रमको आयोजना गर्नु निकै सकारात्मक रहेको बताउनुभयो ।

उहाँले एकल महिला शसक्तिकरण अभियानमा समर्प्रित मानब अधिकारका लागि महिला एकल महिला समूह, कास्कीकि सचिब बिष्णु श्रेष्ठलाई सम्मानपत्र,खादा सहित सम्मान गर्नुभयो |

उक्त कार्यक्रममा संस्थाका प्रथम उपाध्यक्ष लक्ष्मी अधिकारीको जन्मदिन पनि मनाइएको थियो |

त्यसै गरी संस्थाका संस्थापक अध्यक्ष कविता श्रेष्ठले कोरोना कहरको समयमा पनि सस्थांले भर्चुअल माध्यमबाट क्षमता दक्षता अभिवृद्धिका विविध कार्यक्रम सँगै पछिल्लो पटक तीजको अवसरमा सम्मान कार्यक्रमको आयोजना गरेकोमा सुभकामना ब्यक्त गर्नुभयो भने संस्थाका निबर्तमान अध्यक्ष लक्ष्मी शर्माले सामाजिक क्रियाकलापलाई निरन्तरता दिन आग्रह गर्नुभयो|

संस्थाका प्रथम उपाध्यक्ष लक्ष्मी अधिकारीले स्वागत गर्दै तीज र यसको महत्वलाई उजागार गर्नु भयो भने द्रितिय उपाध्यक्ष सुजाता श्रेष्ठले सम्पूर्ण सहयोगी मनलाई धन्यवाद दिनु भयो |संस्थाका कोषाध्यक्ष सुनिता सिग्देलले झण्डाको अभिबादन गर्नुभएको थियो भने संस्थाका सचिब दिपा श्रेष्ठले कार्यक्रम संचालन गर्नु भएको थियो |