Welcome to the complete news site

लायन्स कलब अफ पोखरा स्मार्ट टाउनको खाद्यन्न वितरण कार्यक्रम

0 217

सेवामा समर्पित लायन्स क्लव अफ पोखरा स्मार्ट टाउनद्धारा पोखरा ११ रानीपौवा, तुलसी घाट स्थित सत्य साइ बाल आश्रमका बालकहरुलाइ आज शनिबार खाद्यन्न उपलव्ध गराएको छ ।

उक्त कार्यक्रममा प्रमुख अतिथि तथा डिस्ट्रिक चिफ अडमिनिसटेटर लायन चण्डी प्रसाद अर्यालले आश्रमका संस्थापक अध्यक्ष बकवाली शाक्य रंजितलाई खाद्यन्न
हस्तान्तरण गर्नुभयो ।

उहाँले बिभिन्न पेशा व्यवसायमा लागेका लायन्सका सदस्यहरुले आफुले आर्जन गरेको रकमको केही प्रतिशत सामाजिक सेवामा लगाउने गरेको बताउनुभयो ।

सत्य साइ केन्द्रद्धारा सञ्चालित सत्य साइ बाल आश्रममा आठ जना बालकहरु आश्रीत छन् |कार्यक्रममा बालकहरुले गायत्री मन्त्र बाचन तथा सोस्तिक पाठ पनि गरेका थिए |

क्लवका अध्यक्ष पबित्रा शर्माको अध्यक्षतामा भएको कार्यक्रममा क्लस्टर चिफ लायन ठाकुर प्रसाद अधिकारी,जोन चियरपर्सन देवी तिमिल्सिना,डिस्ट्रिक पी आर ओं तथा क्लबक संस्थापक अध्यक्ष कविता श्रेष्ठ,
आश्रमका संस्थापक तथा अध्यक्ष बकवाली शाक्य रंजित,क्लबका कोषध्यक्ष सुनिता सिग्देल,सदस्य सरिता पौडेल लगायतले लायन्सको महत्व माथि प्रकाश पार्दै आवद्ध सदस्यहरुको सहयोगबाट समाजका हरेक गतिविधिमा सक्दो सहयोग गर्दै आएको धारणा राख्नुभयो ।

कार्यक्रमको संचालन सचिब दिपा श्रेष्ठले गर्नुभएको थियो |