Welcome to the complete news site

रोटरी क्लब लेकसाइडमा हुम

0 38

पोखरा । रोटरी क्लब अफ पोखरा लेकसाइडको छैटौं पदस्थापन समारोहमा वर्ष २०२१/२२ अध्यक्ष हुमबहादुर आलेले पदभार ग्रहण गरेका छ । रोटरी इन्टरनेशनलका असिस्टेन्ट गभर्नर सन्तोष पोखरेलले उनलाई आगामी सन् २०२१/२२ का शुक्रबार आयोजित समारोहमा पदभार ग्रहण गराएका हुन् । यस्तै आइपिपि अर्जुनप्रसाद खनालले चार्टर सर्टिफिकेट तथा पिन प्रदान गर्दै सफलताको कामना गरे । प्रमुख अतिथि गण्डकी प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले कार्यक्रम उद्घाटन गर्दै रोटरीको सामाजिक कार्यको प्रशंसा गरे । उनले प्रदेशको विकास र समुन्नतिको लागि रोटरियनको साथ र सहयोग आवश्यक हुने बताए । असिस्टेन्ट गभर्नर पोखरेलले नेपालका रोटरीमध्ये रोटरी लेकसाइडको कार्यको उच्च मूल्यांकन गरिएको भन्दै अझ सफलताको कामना गरे । आइपिपि अर्जुनप्रसाद खनालले कोरोना महामारीको विषम परिस्थितिबीच आफ्नो कार्यकाल सफल पार्न सहयोग गर्ने सम्पूर्णमा आभार व्यक्त गरे । १ वर्षे कार्यकालमा भएका गतिविधि प्रस्तुत गर्दै उनले सहयोगीलाई मायाको चिनो प्रदान गरे भने उत्कृष्ट सदस्यको रुपमा कृष्णबहादुर थापालाई सम्मान गरे । गभर्नरका स्पेसल प्रतिनिधि विनोद कोइरालाले आफू क्लबको स्थापनादेखि नै विभिन्न सर्भिस प्रोजेक्टमा नजिक रहेको उल्लेख गर्दै क्लबले विषम परिस्थितिमा पनि गरेका कार्यको उच्च प्रशंसा गरे । प्रमुख अतिथिको परिचय क्लब डाइरेक्टर कृष्णबहादुर थापाले दिएका थिए । क्लबले निर्माण गर्न लागेको किड्नी केयर सेन्टर निर्माण समिति संयोजकसमेत रहेका थापाले सोको लागि आवश्यक गर्न सरकारका प्रवक्ता समेत रहेका भौतिक पूर्वाधार मन्त्रीको ध्यानाकर्षण गराए । पाोखरा ७ मा बन्न लागेको किड्नी केयर सेन्टरमा हालसम्म कार्यालय र ल्याब गरी ४५ लाख रुपैयाँ खर्च भइसकेको उनले बताए । यस्तै, वर्ष २०२१÷२२ का अध्यक्ष हुमबहादुर आलेको परिचय क्लब मेन्टर राजेन्द्र लिगलले गराएका थिए । अध्यक्ष आलेले आफ्नो कार्यकालका लागि क्लब अफ एक्सन प्रस्तुत गर्दै बोर्ड अफ डाइरेक्टरलाई पिन प्रदान गरेका थिए । सो अवसरमा क्लबले प्रकाशन गरेको स्मारिका ‘द फेवा’ विमोचन गरिएको थियो । स्मारिकामा क्लबको गतिविधि, पठनीय लेखरचना तथा सदस्य र तिनका परिवारका सदस्यको विस्तृत परिचय समेटिएको क्लब एडिटर सुभाष मल्लले बताए । कार्यक्रममा स्वागत पास्ट प्रेसिडेन्ट घराना थकाली, सञ्चालन सचिव राजन कुमाल र धन्यवाद ज्ञापन ऋषिराम सापकोटाले गरेका थिए । क्लबमा हाल ४८ सदस्य रहेको सर्जेन्ट एट आर्मस् विश्वदर्शन पराजुलीले बताए ।