Welcome to the complete news site

रुसमा विमान दुर्घटना, २८ जनाको मृत्यु

0 43

काठमाडौं । रुसमा भएको विमान दुर्घटनामा परेर २८ जनाको मृत्यु भएको छ। विमान दुर्घटनामा परेर ६ जना चालक दलका सदस्यसहित २२ यात्रु को ज्यान गएको हो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले रुसको पेट्रोपाभलोस्क–कामचास्कीबाट पालनाका लागि उडेको विमान मंगलबार दुर्घटना भएको बताएका छन् । उक्त विमान स्थानीय समय अनुसार मंगलबार अपराह्न ३ः०० बजेपछि सम्पर्कविहीन भएको रुसी अधिकारीहरुले जानकारी दिएका छन्।