Welcome to the complete news site

राष्ट्रियसभामा दुई विधेयक पेस

0 31

राष्ट्रियसभामा दुई विधेयक पेस गरिएको छ। आजको बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुँयालले प्रतिनिधिसभाबाट पारित भएका मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक-२०७६ र तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियम) विधेयक-२०७९ पेस गरेका हुन्।

यस्तै, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति कार्यालयबाट मन्त्रिपरिषद् गठनसम्बन्धी पत्र पढेर सुनाएका थिए। यही असार २० गते प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद् हेरफेर गरेकी थिइन्।

राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले मन्त्रिपरिषद् सदस्यको नाम पढेर सुनाएका थिए।