पोखरा । पोखरामा यौनजन्य हिंसा तथा जबरजस्ती सम्बन्धि अपराधमा हद म्यादको विद्धमान व्यवस्था सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
प्रेरणा नेपालको आयोजनामा सम्पन्न कार्यक्रममा यौन हिंसा तथा जबरजस्ती करणीसम्बन्धी वर्तमान कानूनका कारण यसलाई सम्बोधन गर्न नसकेको कार्यक्रममा सहभागी वत्ताहरुले जोड दिएका छन् ।
कार्यक्रममा बोल्दै प्रतिनिधि सभाका सदस्य विन्दा पाण्डेले यौनजन्य हिंसा तथा जबरजस्ती करणी सम्बन्धी वर्तमान कानुनमा रहेको हदम्यादले यौनहिंसा र अपराधलाई सम्बोधन गर्न नसक्ने बताईन् ।
उनले वर्तमान समाजलाई अध्ययन गरि विभिन्न विज्ञ र सरोकारवाला निकायसंग छलफल गरि अवको दिनमा कुनैपनि हिंसापिडितले न्याय नपाएर भौतारिनु पर्ने अवस्था आउन नदिनका लागि कानुन संसोधन गर्नुपर्नेमा जोड दिइन् ।
गण्डकी प्रदेश सभा सदस्य तथा प्रेरणा नेपालका अध्यक्ष मिना गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा संघीय सांसद विद्या भट्टराई , गण्डकी प्रदेश सभा सदस्य तथा पूर्व मन्त्री नरदेवी पून ,सांसद सावित्री राना, लक्ष्मी सुनार लगायतले यौनजन्य हिंसा तथा जबरजस्ती करणी लगायतका अपराधमा वर्तमान कानूनका कारण यसलाई सम्बोधन गर्न नसकेकोमा जोड दिएका थिए ।